नियम १४७
अदालतको सहयोगी (एमिकस क्युरी) सम्बन्धी व्यवस्था
कुनै मुद्दामा समावेश भएको संवैधानिक वा कानूनी प्रश्नलाई दृष्टिगत गरी इजलासले सो मुद्दाको निरूपण गर्न अदालतको सहयोगी (एमिकस क्युरी) को रूपमा कुनै कानून व्यवसायी, सरकारी वकिल वा विशेषज्ञको सहयोग लिन सक्नेछ ।